दुई दिनदेखि वेपत्ता पथरीशनिश्चरेका एक युवा मृत फेला

Newslaya Home

दुई दिनदेखि वेपत्ता पथरीशनिश्चरेका एक युवा मृत फेला

बिहीबार ३०, जेठ २०७६

मोरङ । दुई दिनदेखि बेपत्ता पथरीशनिश्चरे–८ का एक युवा बिहीबार बिहान मृत फेला परेका छन्।

पथरीशनिश्चरे–१ स्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र ३१ वर्षीय विमल परिवार मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ । विमल गत मंगलबारदेखि परिवारका सदस्यबाट सम्पर्कविहीन बनेका थिए। राजमार्गबाट चार सय मिटर उत्तरमा भेटिएको शव सडेर दुर्गन्धित भएको अवस्थामा रहेको प्रहरीले बताएको छ ।

उनको साथमा एउटा मोबाइल र एक आफन्तको धनीपूर्जा फेला परेको छ। मृत्युलाई शंकास्पद रुपमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ।