मोरङको केराबारीमा पनि भेटिए डेंगुका बिरामी

Newslaya Home

मोरङको केराबारीमा पनि भेटिए डेंगुका बिरामी

बुधबार २९, जेठ २०७६

मोरङ । मोरङको केराबारी गाउँपालिकामा पनि डेंगुको संक्रमण भेटिएको छ । केराबारी गाउँपालिका वडा नं.६ मा एक खजनामा डेंगुको संक्रमण भेटिएको हो । गाउँपालिका स्वास्थ्य कार्यालयका अनुसार संक्रमित धरानमा उपचार पछि घर फर्किएको बताइएको छ ।

केराबारी ८ आमजुंगी टोलमा पनि दुई जना पनि डेंगुका बिरामी फेला परेको बताइएपनि पुष्टि भैनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय सुनसरी मोरङको विभिन्न सहर तथा ग्रामीण क्षेत्रमा पनि डेंगुको प्रकोप बढेपछि स्थानीय समेत त्रसित बन्दै गएका छन् ।

गत वैशाख ३१ गतेबाट फैलिएको डेंगु रोगबाट संक्रमितको सङ्ख्या ३६८ पुगेको छ । मङ्गलवार मात्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८९ बिरामी थपिएको बताइएको छ । डेंगुबाट सबैभन्दा धेरै धरानमा बिरामी भएको बताइएको छ ।

यसबाहेक इटहरीमा २ जना बराह नगरपालिकामा १ जना रामधुनि नगरपालिकामा २ जना संक्रमित फेला परेको थियो । केही दिनअघि मोरङको सुन्दरहरैचा नगरपालिकामा २ जनामा संक्रमण देखिएको थियो । लगतै पथरी शनिश्चरे नगरपालिका पछि मङ्गलवार विराटनगरमा थप दुई जनामा संक्रमण देखिएको छ ।