स्कुल फर्किए प्रीतम : सेल्फी खिच्नेको भीड (भिडियोसहित)

Newslaya Home

स्कुल फर्किए प्रीतम : सेल्फी खिच्नेको भीड (भिडियोसहित)

बुधबार २९, जेठ २०७६

इटहरी । भारतको रियालिटि सो सारेगमप लिटिल च्याम्पसमा सेकेन्ड रनरअप बनेका प्रीतम आचार्यलाई आफ्नो विद्यालयमा स्वागत तथा सम्मान भएको छ । इटहरीस्थित विश्व आदर्श स्कुल पुगेका उनलाई विद्यालयले प्रमाणपत्रसहित स्वागत तथा सम्मान गरेको हो ।

प्रितमसँगै राष्ट्रिय नृत्य प्रतियोगितामा जित हाँसिल गरेकी सेबिका कोइरालालाईसमेत विद्यालयले सम्मान गरेको थियो । उनी नेपाल गोल्डेन आइडल सिजन ६ की विजेता बनेकी थिइन् ।

प्रीतमसँग शिक्षक तथा विद्यार्थीहरुले पनि सेल्फी खिँचेका थिए । प्रितमले लामो समयपछि विद्यालय आउन पाउ्रँदा खुसी व्यक्त गरे भने उनी आफ्ना साथीभाईहरुसँग रमाइरहेका देखिएका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष लेखनाथ घिमिरेले आफ्नो स्कुलका विद्यार्थीहरुले स्कुलको नाम राखेकोमा खुसी व्यक्त गरेका थिए ।