‘हेर न त्यो केटालाई, कस्तो कालो’ भनेर टिकटकमा भाइरल आवाजवाला केटा पक्राउ, यस्तो छ कारण

Newslaya Home

‘हेर न त्यो केटालाई, कस्तो कालो’ भनेर टिकटकमा भाइरल आवाजवाला केटा पक्राउ, यस्तो छ कारण

बुधबार २९, जेठ २०७६

इटहरी । मुख बङ्ग्याउने, बोली पिच्छे हँसाउन खोज्ने एकथरि कमेडियनहरुको सिन्डिकेटलाई तोड्ने नयाँ उदाउँदा स्टायन्ड अप कमेडियनहरुको थलो युट्युबको कमेडी सर्कल, M&S VMAG को Mic drop मा तपाइहरुले भिडियो हेर्नु भएकै होला।

टिकटक बनाउनुहुन्छ वा हेर्नुहुन्छ भने तपाईँहरुले अरु नभए पनि आवाज चिन्नुभएकै हुनुपर्छ। टिकटकमा एउटा एकदम चलेको अडियो छ जसमा धेरैले भिडियो बनाएका छन्– ‘हेर न त्यो केटालाई, कस्तो कालो, कस्तो घिनलाग्दो’

टिकटकमा भाइरल यो अडियो खासमा प्रनेश गौतमको भिडियोबाट लिइएको हो । उनै प्रनेश गौतमलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । साइबर क्राइममा अनुसन्धानका लागि उनि पाँच दिनदेखि हिरासतमा छन्।

खासमा के भएको थियो ?

उदाउँदा कमेडियन प्रनेशको लोकप्रियता हेरेर मिम नेपालले मुभी रिभ्यु गर्न लगायो। उनले आफ्नो विधा अनुसार व्यङ्ग्यात्मक समीक्षा गरे। त्यसपछि मिम नेपालले आफ्नो युट्युब च्यानलमा त्यो भिडियो अपलोड गर्यो ।

फिल्मका निर्देशक मिलन चाम्लिङ राईले प्रहरीमा उजुरी दर्ता गरेका थिए । उजुरी दर्तापछि मिम नेपालले आफ्नो युट्युब च्यानलबाट डिलिट गरिसकेको छ। तर त्यो भिडियो भिमेओमा भने हेर्न सकिन्छ।

भिडियोमा क्रियटिभ क्रिटिसिजम छ। चक्कु देखाएकोले हतियारसहित भनेर समेत मिलन चाम्सका अनुयायीहरुले लेखे। तर त्यो भिडियोको मूल आशय व्यङ्ग्य हो र त्यसै अनुसार चक्कु देखाइएको भन्ने प्रष्टै हुन्छ।

भिडियोमा त्यस्तो कुनै कुरा छैन, जसले साइबर क्राइमको धारा आकर्षित हुन्छ।

त्यसो त नेपालमा साइबर क्राइमसम्बन्धी कुनै कानुन बनेको छैन।

गत भदौ १ गतेअघिसम्म त इन्टरनेट, कम्प्युटर आदिलाई समेट्ने खालको कुनै कानुन थिएन भनेर त्यो कानुनको दफा लगाइएको भन्न सकिन्थ्यो। तर अहिले त मुलुकी अपराध संहिता लागू भइसकेको छ।