नेपाल प्रहरी यमन र माली शान्ति मिसनमा खटिँदै

Newslaya Home

नेपाल प्रहरी यमन र माली शान्ति मिसनमा खटिँदै

बुधबार २९, जेठ २०७६

काठमाडौँ । राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र माली शान्ति मिसनमा नेपाल प्रहरीलाई खटाउने भएको छ ।

यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमा पठाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो ।

यमनका लागि तीन प्रहरीको नाम सिफारिस भइसकेको जनाइएको छ । मालीमा खटाउनेबारे पनि छलफल भइरहेको छ । गत कात्तिकदेखि नेपाल प्रहरी कंगो मिसनमा समेत खटिँदै आएको छ ।

१७ वर्षपछि नेपाल प्रहरी राष्ट्रसंघअन्तर्गत कंगो मिसनमा खटिएको हो । जहाँ हाल चारजना प्रहरी कार्यरत छन् । हाल नयाँ मिसनहरूमा जानका लागि प्रहरी अधिकारीहरूले अंग्रेजीका साथै फ्रेन्च भाषासमेत जान्नुपर्ने भएको छ ।