मेक्सिकोमा महिला पत्रकारको हत्या

Newslaya Home

मेक्सिकोमा महिला पत्रकारको हत्या

बुधबार २९, जेठ २०७६

काठमाण्डौ । मेक्सिकोमा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ ।

मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको प्रहरीले जनाएको छ । उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् ।

मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् । पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो ।

लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।