इटहरी र सुन्दरहरैचामा ५ जना डेंगुका विरामी फेला

Newslaya Home

इटहरी र सुन्दरहरैचामा ५ जना डेंगुका विरामी फेला

बुधबार २९, जेठ २०७६

इटहरी । इटहरी र मोरङको सुन्दरहरैचा क्षेत्रमा समेत डेगुंका बिरामीहरु फेला परेपछि उच्च सर्तकता अनाउन स्वास्थय कर्मीले आग्रह गरेका छन ।

इटहरीमा दुई जना र सुन्दरहरैचामा थप ५ जना डेगुंका बिमारी भेटिएका हुन् । केही समय अगाडि देखी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनालाई समेत डेगुं भएको पुष्टि भएको थियो ।

केही दिन पहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र विजयपुर अस्पतालमा उपचार गराई रहेका एक एक जनामा डेगुं पुष्टि भएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ दुई चिकित्सकहरु इटहरी आएर डेगुंको संक्रमण फैलन नदिने विषयमा सचेतना जगाउने कार्यमा सहभागी भएका छन ।