भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त हुँदा ३० जना बेपत्ता

Newslaya Home

भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त हुँदा ३० जना बेपत्ता

बुधबार २९, जेठ २०७६

काठमाण्डौ । भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् ।

डुंगामा ३० देखि ३५ जना सवार रहेको एक जना सांसदले जानकारी दिए । उनले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताएका छन् ।

तटीय सुरक्षा गार्डले कुराकाओको बुल्लेनबाई जलक्षेत्रमा एक व्यक्तिको शव भेटिएको बताएका छन् ।

एक महिनाभित्रै भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटना भएको यो तेस्रो घटना हो । हालसम्म ८० जना बेपत्ता छन् ।