खेलेर सर्वाधिक कमाउने खेलाडीको शीर्ष स्थानमा अर्जेन्टिनाका मेसी

Newslaya Home

खेलेर सर्वाधिक कमाउने खेलाडीको शीर्ष स्थानमा अर्जेन्टिनाका मेसी

बुधबार २९, जेठ २०७६

काठमाडौँ । अर्जेन्टिनाका लियोनल मेसीले सर्वाधिक पैसा कमाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

अमेरिकन बिजनेस म्यागजिन फोब्र्सले सार्वजनिक गरेको विश्वको सर्वाधिक कमाउने खेलाडीको सूचीअनुसार मेसी सर्वाधिक कमाउनेको शीर्ष स्थानमा पुगेका हुन् ।

फुटबल खेलका मेसीले अन्य खेलका खेलाडीहरुलाई पछि पार्दै शीर्ष स्थानमा परेका हुन् । सूची अनुसार शीर्ष तीनमा फुटबल खेलाडीहरु नै रहेका छन् ।

पहिलो स्थानका मेसीले १२७ मिलियन डलर कमाएका छन् भने दोस्रो स्थानका क्रिस्टियानो रोनाल्डोले १०९ मिलियन तथा तथा तेस्रो स्थानका नेयमार जुनियरले १०५ मिलियन डलर कमाएका छन् ।

खेलाडीहरुले तलब, भत्ता तथा प्रायोजकहरुबाट आम्दानी गरेका हुन् ।