चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन जना घाइते

Newslaya Home

चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन जना घाइते

बुधबार २९, जेठ २०७६

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन्। बुधबार बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पलाल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन् । मीना मृतक संगीताकी दिदी हुन्। घाइते मध्ये भरतको अवस्था गम्भीर रहेको जनाइएको छ ।