चीनमा भीषण वर्षाका कारण पाँचजनाको मृत्यु

Newslaya Home

चीनमा भीषण वर्षाका कारण पाँचजनाको मृत्यु

बुधबार २९, जेठ २०७६

काठमाण्डौ । दक्षिणी चीनमा भीषण बर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन् ।

वर्षाले सयौँ घरमा क्षति पुर्‍याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ।

वर्षाका कारण २० लाख मानिसहरु प्रभावित भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको छ।

मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङ्ग्सी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको छ।अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान समेत गरिएको छ