पुवाखोलाको जोसी हाईड्रोपावरमा आगलागी, पाँच करोडको क्षति

Newslaya Home

पुवाखोलाको जोसी हाईड्रोपावरमा आगलागी, पाँच करोडको क्षति

बुधबार २९, जेठ २०७६

इलाम । इलाम–४ स्थित पुवाखोलमा रहेको जोशी हाईड्रोपावरमा आगलागी भएको छ ।

इलामको पुवाखोलास्थित अपर पुवा–१ साना जलविद्युत आयोजनामा आगलागी भएको हो ।
तीन मेगावाट क्षमताको आयोजनाको पावरहाउसमा जडान भएका दुई टर्वाइनमध्ये एकमा अचानक आगलागी हुँदा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

डेढ मेगावाट क्षमताको एक टर्वाइन बिग्रिएर केही दिन अगाडिदेखि नचलाइएको भए पनि हिजो अकस्मात उल्टो घुमेर आगलागी भएको बताइएको छ ।

आगलागी भए लगत्तै कर्मचारी र स्थानीयले पावरहाउसमा पानी बन्द गरेर आगो नियन्त्रणमा लिएका थिए ।