उवासंघ सुनसरी चुनाव : अध्यक्षमा गिरिधारी, व्यापारीको चुनावमा पार्टीको रंग

Newslaya Home

उवासंघ सुनसरी चुनाव : अध्यक्षमा गिरिधारी, व्यापारीको चुनावमा पार्टीको रंग

मङ्गलबार २८, जेठ २०७६

धरान । सुनसरी उद्योग वाणिज्य सङ्घ धरानकोे अध्यक्षमा गिरिधारी सापकोटा निर्वा्चित बनेका छन् । सोमवार भएको निर्वाचनमा उनका प्रत्यासी विजय श्रेष्ठलाई ७८ मतले पछि पार्दै सापकोटा विजयी बनेका हुन् ।

सापकोटाले तीन वर्षे कार्यकालका लागि उवासङ्घको नेतृत्व गर्ने छन् । सापकोटाले ७४१ मत प्राप्त गर्दा श्रेष्ठले ६६३ मत मात्रै प्राप्त गरेका थिए । सापकोटा नेकपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए भने श्रेष्ठ काङ्ग्रेसको समर्थनमा अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

कुल मतदाता दर्ता संख्या ३५ सय भन्दा अधिक भएपनि १ हजार ७ सय ४८ सदस्य नवीकरण भएकोमा १ हजार ४ सय ३४ मत मात्रै खसेको थियो । त्यसमा पनि अध्यक्षद्वयलाई १ हजार ४ सय ४ मत मात्रै खसेको उवासङ्घ निर्वाचन आयोगका आयुक्त डा। राजेन्द्र शर्माले जानकारी दिए ।

वाणिज्यतर्फ ८ पदका लागि १४ जनाले स्पर्धा गरेका थिए ।

उद्योगी व्यवसायीहरुको हितका लागि स्थापना भएको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन पनि राजनितिक पार्टीकै निर्वाचन झै भएको छ । नेकपा र कांग्रेस पक्षीय उम्मेदवारहरु बिच भएको प्रतिष्पर्धाले व्यवसायीको हित भन्दा पनि राजनितिक पार्टीको मुद्धामा केन्द्रित भएको थियो ।
राजनितिक पार्टीको संरक्षण लिँदै सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा सोमबार दुई जना प्रतिष्पर्धीबिच मतदान भईरहेको छ ।

नेकपाको तर्फबाट गिरिधारी सापकोटा र नेपाली कांग्रेसको तर्फबाट विजय श्रेष्ठको प्यानल चुनावी प्रतिष्पर्धामा छन् । तीन वर्षे कार्यकालका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु स्थानीय तह तथा संसद्को निर्वाचन जस्तै गरी पार्टी विभाजित भएर निर्वाचनमा होमिएका छन् ।

दुवै उम्मेदवारहरुले व्यापारीहरूको मुद्धाभन्दा पनि पार्टीको घोषणापत्रमा उल्लेख भएका नाराहरु चुनावी सामग्री बनाएका थिए । जातीय सिण्डीकेटका रुपमा हेरिएको संघको निर्वाचनमा पछिल्लो समय राजनितिक रंग देखिनुले व्यापारीहरुको मुद्धाभन्दा पनि राजनितिक मुद्धामा केन्द्रित रहेको सर्वसाधारण व्यवशायीको आरोप छ ।

कुनै समय कोशी पहाडी जिल्लाको मुख्य व्यापारीक केन्द्र रहेको धरानको व्यापार अहिले दक्षिणतर्फ सर्दै गएको छ । व्यापारीक साख जोगाउन नेतृत्वदायी भुमिका खेल्ने संघ नै राजनितिक मुद्धा केन्द्रित भए पछि कसरी व्यापार प्रवद्र्धन होला ? सबैको चासो र ध्यान पुग्न जरुरी भैसकेको छ ।