साउदीमा मृत्यु भएका अफराजको परिवारलाई सहयोग प्रदान

Newslaya Home

साउदीमा मृत्यु भएका अफराजको परिवारलाई सहयोग प्रदान

मङ्गलबार २८, जेठ २०७६

इटहरी । साउदी अरबमा चार बर्ष अघि सुतेकै ठाँउमा निधन भएका अफराज मियाँको परीवारलाई साउदीमा कार्यरत् नेपालीहरुले सहयोग गरेका छन् ।

साउदीस्थित अलराइड अल अरबी कम्पनीमा कार्यरत नेपालीका साथै विदेशी युवाहरुले गरेको सहयोग परिवारलाई उपलब्ध गराइएको हो ।

नेपाली युवाहरुको सहयोगमा संकलित रकम झापा पकलीभिट्टामा रहेका परीवारलाई इटहरीका कुमार चौलागाईँले ९० हजार रुपैया रकम हस्तान्तरण गरेका हुन् ।

कुमार पहिले सोही कम्पनिमा कार्यरत् थिए । ‘त्यहाँ रहेका साथीहरुको पहलमा परिवारलाई सहयोग गर्नका लागि सहयोग पठाएका थिए,’ उनले भने ।