प्रितम इटहरीका बाल सद्भावना दूत : इटहरीको नगर गान गाउने

Newslaya Home

प्रितम इटहरीका बाल सद्भावना दूत : इटहरीको नगर गान गाउने

मङ्गलबार २८, जेठ २०७६

इटहरी । इटहरी उपमहानगरले चर्चित वाल गायक प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वालसदभावना दूत घोषणा गरेको प्रमाणपत्र दिएकी छिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम राखेकोमा धन्यवाद दिइन् । इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको उनले जानकारी दिइन् ।

बालगायक आचार्यलेसमेत आफूलाई सहयोग र सपोर्ट गरेकोमा धन्यवाद दिँदै थप सहयोग र सद्भावको आशा व्यक्त गरे ।

प्रितम आचार्य भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर इटहरी फर्किएका छन् । इटहरीमा उनको भव्य स्वागत गरिएको थियो ।