इलाममा हाइड्रोपावरको टर्वाइनमा आगो लाग्यो

Newslaya Home

इलाममा हाइड्रोपावरको टर्वाइनमा आगो लाग्यो

मङ्गलबार २८, जेठ २०७६

इलाम । इलाम ४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ । आगोलाई स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

इलाम नगरपालिका ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर हानेर आगो नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणका लागि इलाम नगरपालिकाको दमकलसमेत परिचालन गरिएको थियो ।