इटहरीमा प्रीतमको स्वागत तथा सम्मान (भिडियोसहित)

Newslaya Home

इटहरीमा प्रीतमको स्वागत तथा सम्मान (भिडियोसहित)

मङ्गलबार २८, जेठ २०७६

इटहरी । भारतको रियालिटि सो सारेगमप लिटिल च्याम्पसमा सेकेन्ड रनरअप बनेका प्रीतम आचार्यलाई इटहरीमा भब्य स्वागत गरिएको छ । इटहरीमा प्रितमलाई पन्चेबाजा बजाएर वडाध्यक्ष तथा इटहरीवासीले स्वागत तथा सम्मान गरेका हुन् ।

इटहरीमा आएर उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

उनलाई लिन सयौको संख्यामा इटहरीबासी काकडभिट्टा पुगेका थिए । ‘नेपालका छोरा प्रीतम – हाई हाई’ भन्दै उनलाई काकडभिट्टामा पनि त्यहाका स्थानियबासिहरुले पनि भब्य स्वागत गरेका थिए ।

त्यस्तै बिर्तामोडको होटल हेभेन ग्राण्ड र दमकमा पनि उनलाई भब्य स्वागत सम्मान गरिएको थियो ।