बृहस्पति ग्रह आज सबैभन्दा चम्किलो देखिँदै

Newslaya Home

बृहस्पति ग्रह आज सबैभन्दा चम्किलो देखिँदै

सोमबार २७, जेठ २०७६

काठमाडौं। सोमवार(आज) पृथ्वीबाट बृहस्पति ग्रह सबैभन्दा चम्किलो देखिँदै छ। सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह सूर्यको विपरीत दिशामा रहेको कारण यो सबैभन्दा चम्किलो देखिन लागेको हो ।

यसै वर्ष बृहस्पति पृथ्वीको सबैभन्दा नजिक पनि आउँदैछ। यस्तोमा यो ग्रह केही ठूलो पनि देखिनेछ। बृहस्पति १३ महीनामा एकपटा यो अवस्थामा आउँछ।

बृहस्पति आफैंमा सानो सौर्यमण्डल जस्तो छ। यसका ७९ उपग्रह पत्ता लागिसकेका छन्। यो ग्रह पनि सूर्य जस्तै हाइड्रोजन र हिलियमबाट बनेको छ।

सोमवार बृहस्पति र उसका चारओटा उपग्रहको सबैभन्दा चम्किलो देख्न सकिनेछ। सूर्यको ठीक विपरीतमा हुँदा बृहस्पति पृथ्वीको दक्षिणपूर्वी आकाशबाट साँझमा उदाउँछ।

यो ग्रह बिहान नहुन्जेलसम्म रहन्छ। यसलाई थाहा पाउन स्काइ गाइडजस्ता मोबाइल एपको पनि प्रयोग गर्न सकिन्छ।