जेनेभामा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

Newslaya Home

जेनेभामा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

सोमबार २७, जेठ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्वीजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

कार्यक्रम सोमबार (आज)देखि जुन २१ सम्म जेनेभामा हुने जनाइएको छ । कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, इटालीका राष्ट्रपति सर्जियो माटारेला, घानाका राष्ट्रपति नाना अकुफो एड्डो, नर्वेका प्रधानमन्त्री इर्ना सोल्बर्ग, दक्षिण अफ्रिकाका राष्ट्रपति क्रिल रामफोसा, स्वीडेनका प्रधानमन्त्री स्टेफान लफभेन, टर्कीका उपराष्ट्रपति फुवाट ओक्टे,मोरक्कोका सरकार प्रमुख साद इडिन एल ओथामानी र कोडडेभरका उपराष्ट्रपति डेनियल काब्लान डुंकान रहेका छन् ।

परराष्ट्र मन्त्रालयले भर्खरै गरेको ट्विटमा आइएलओको सेसनमा नर्वे, स्वीडेन, मोरक्को, रसिया,स्लोभेनिया,ट्युनिसिया,लक्जेम्बर्ग,बेलायत, जमैका, बुर्किनाफासो,सर्बिया, बार्बाडोज, प्यालेस्टाइन, पोचुगल र जर्मनीका चान्सलरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।