नेशनल लिगको उपाधि पोर्चुगललाई

Newslaya Home

नेशनल लिगको उपाधि पोर्चुगललाई

सोमबार २७, जेठ २०७६

पोर्चुगल । युरोपियन युनिएन फुटबल एशोसिएसनले पहिलो पटक आयोजना गरेको नेशनल लिगको उपाधि पोर्चुगलले जितेको छ । आइतबार राति पोर्चुगलको प्याट्रोस्थित स्टेडिओ दो ड्रागो रंगशालामा भएको फाइनल खेलमा नेदरल्याण्ड्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले उपाधि हात पारेको हो ।

रोनाल्डो कप्तानीको पोर्चुगलको जितका लागि गोनकालो गुएडेसले ६० औँ मिनेटमा गोल गरेका थिए । सेमिफाइनलमा स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।

नेदरल्याण्ड्सले पोर्चुगलमाथि निकै दबाब बनाए पनि गोल गर्न भने सकेन । पोर्चुगलको बलियो डिफेन्सले नेदरल्याण्ड्सको आक्रमणलाई सफल हुन दिएन् । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई महत्वपूर्ण दोस्रो उपाधि दिलाउन सफल भएका छन् ।