सारेगमपको फाइनल सम्पन्न : तेस्रो भए प्रितम आचार्य

Newslaya Home

सारेगमपको फाइनल सम्पन्न : तेस्रो भए प्रितम आचार्य

सोमबार २७, जेठ २०७६

काठमाडौ । भारतीय टेलिभिजन च्यानल जिटिभी बाट प्रसारण हुँदै आएको सारेगमप लिटल च्याम्प्समा इटहरीका प्रितम तेस्रो भएका छन् ।

आइतबार भएको फाइनलमा एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका हुन् ।
फाइनलमा पुगेका भक्तपुरका आयुष केसी चौथो भएका छन् ।

प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने दोस्रो भए मोहम्मद कैफ ।

प्रतियोगिता नै नजितेपनि प्रितम र आयुषले ग्र्यान्ड फाइनलमा पनि निर्णायक र पाहुनाहरूको प्रसंसा बटुलेका थिए ।

आयुष र प्रितम नेपाली रियालिटी शो सुरशालाका विजेता तथा उपविजेतासमेत हुन् ।