सरिता लामिछानेलाई पराजित गर्दै चलचित्र कलाकार सङ्घको अध्यक्षमा खड्का

Newslaya Home

सरिता लामिछानेलाई पराजित गर्दै चलचित्र कलाकार सङ्घको अध्यक्षमा खड्का

आइतबार २६, जेठ २०७६

काठमाडौं । सरिता लामिछानेलाई पराजित गर्दै नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्।

शनिबार सम्पन्न भएको निर्वाचनमा खड्काले २१८ मत प्राप्त गर्दै विजयी भएका थिए भने लामिछानेले १६१ मत प्राप्त गरेकी थिइन्।

यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन्। कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।