अब अन्तरिक्षमा घुम्न जाने हैन त ? यस्तो छ तयारी

Newslaya Home

अब अन्तरिक्षमा घुम्न जाने हैन त ? यस्तो छ तयारी

शनिबार २५, जेठ २०७६

बीबीसी । आगामी बर्षबाट नीजि कम्पनीले पर्यटकलाई अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र लैजाने छन् ।

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले स्पेस स्टेसनलाई पर्यटन र अन्य व्यापारिक प्रयोजनको लागि खोल्न लागेको हो ।

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र पृथ्थीको वायुमण्डलबाहिर अन्तरिक्षमा रहेको छ । यसलाई अन्तरिक्षसँग सम्बन्धीत अनुसन्धान गर्नको लागि विकसित गरिएको हो । यो पृथ्वीको तल्लो कक्षमा रहेको छ । केन्द्र एक हिसाबले कृत्रिम उपग्रह हो । त्यहाँ अन्तररिक्ष यात्री बस्न, काम गर्न र अन्य सम्पूर्ण सुविधा हुन्छ ।

नासाका अनुसार ‘क्रु’ सदस्यको छनौट नीजि कम्पनीले गर्नेछन् । त्यस अतिरिक्त केन्द्र जान छानिएका मानिसको तालिम र स्वास्थ सेवाको व्यवस्था पनि उसैले गर्नेछ ।

नयाँ व्यवस्था अन्तर्गत प्रत्यक वर्ष १२ मानिसले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र जान पाउनेछन् ।

यस परियोजनाको लागि नासाले दुई कम्पनीलाई नियुक्त गरेको छ । इलोन मस्कको स्पेस–एक्स र बोइङ । यस मिसनको लागि स्पेस–एक्सले आफ्नो ड्रयागन क्याप्सुलको प्रयोग गर्नेछ भने बोइङ स्टारलाइनर नामको अन्तरिक्ष वाहन बनाइरहेको छ ।

यी कम्पनीले प्रत्यक अन्तरिक्ष यात्रुबाट ६ करोड डलर लिनेछ । त्यस अतिरिक्त केन्द्र जान चाहने पर्यटकले प्रति रात ३५ हजार डलर तिर्नुपर्नेछ ।

यस अघिनै नासाले सन् २०२४ सम्म चन्द्रमामा पुन मानिस पु¥याउने योजना बनाएको छ । यस अन्तर्गत पहिलो पटक महिला अन्तरिक्षा यात्री र पुरुष पनि सहभागी हुनेछन् ।