नोबेलमा टाउको र मेरुदण्ड सम्बन्धि चोटको अप्रेशन निःशुल्क

Newslaya Home

नोबेलमा टाउको र मेरुदण्ड सम्बन्धि चोटको अप्रेशन निःशुल्क

शनिबार २५, जेठ २०७६

विराटनगर । नोबेल शिक्षण अस्पतालमा टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन निःशुल्क हुने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउन पाउने भएका हुन् ।

बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको सहुलियत पाउँदै आएका छन् । टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन महंगो पर्ने हुनाले बढी खर्च हुने गरेको थियो ।

बिपन्न नागरिक औषधी उपचार कोषको सहुलियत रकम भन्दा शल्यक्रिया शुल्क कम भएकाले बिपन्न बिरामीले टाउको र मेरुदण्डको शल्यक्रिया गराउँदा अप्रेशन शुल्क तिर्नु नपर्ने भएको हो ।

गुणस्तरीय उपचारलाई प्राथमिकता दिदै आएको नोबेलले दुई अर्व २० करोडको लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।