मेयरलाई लिन एअरपोर्टमै पुगे इटहरीका युवा, समाचार र भ्रष्टाचार विरुद्ध लाग्यो नारा

Newslaya Home

मेयरलाई लिन एअरपोर्टमै पुगे इटहरीका युवा, समाचार र भ्रष्टाचार विरुद्ध लाग्यो नारा

शुक्रबार २४, जेठ २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरी यस अघि धेरै पटक काठमाडौ ओहोरदोहोर गरे ।

तर शुक्रबार विराटनगर विमानस्थलमा ओर्लिदाको दृश्य फरक थियो । विमानस्थलमा उनलाई स्वागत गर्न इटहरीका युवाहरु पुगेका थिए ।

उनिहरुले मेयर चौधरीको स्वागत गरे । भ्रष्टाचार विरुद्दको अभियानमा हामी साथ छौं भन्ने आशयका ब्यानरसहित पुगेका युवाहरुले स्वागत गर्नुका साथै सानोतिनो कार्यक्रम नै गरेका थिए ।

कार्यक्रममा बोल्दै सहभागीहरुले भ्रष्टाचार नियन्त्रणमा मेयरको अडानको प्रसंसा गरेका थिए । युवाहरुले जथाभावी समाचार लेख्न पाइदैन भ्रष्ट कर्मचारी चाहिदैन भन्दै नारावाजीसमेत गरेका थिए ।

पत्रकारलाई कुट्ने धम्की दिएका मेयर चौधरीको आलोचना पत्रकारहरुबाट भैरहदा एउटा जमात भने उनको भ्रष्टाचार विरोधी गतिविधिको पक्षमा देखिएको छ ।