ओखलढुङ्गाको चम्पादेवीमा शव फेला

Newslaya Home

ओखलढुङ्गाको चम्पादेवीमा शव फेला

शुक्रबार २४, जेठ २०७६

ओखलढुङ्गा । ओखलढुङ्गामा एक व्यक्तिको शव फेला परेको छ । फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्ध बहादुर थापाको रहको प्रहरीले जनाएको छ ।

भीरबाट लडेर उनको मृत्यु भएको बताइएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र यसबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

थापासँगै हिँडेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा फेला परेका छन् ।

भीरबाट दुवै जना लडेको भनिएपनि एउटाको मृत्यु हुनु र अर्को सामान्य घाइते मात्र हुनुले घटना शंकास्पद रहेको स्थानीयले बताएका छन् ।

मृतक रुद्ध बहादुर थापा र दिपक बुढाथोकी नाताले मामा भान्जा हुन् । उनिहरु दुबैजना खसी व्यापारी हुन् ।

घाइते भएका बुढाथोकी प्रहरी हिरासतमा रहेको र घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।