घमौरा किन आउँछ, कसरी जोगिने ?

Newslaya Home

घमौरा किन आउँछ, कसरी जोगिने ?

शुक्रबार २४, जेठ २०७६

गर्मी मौसममा धेरै जसो मानिसलाई घमौरा आउने समस्याले सताउँछ । गर्मी वातावरण, पसिना, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन् । फहोेर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरणनै घमौरा आउने मुख्य कारण हुन् ।

घमौरा आउन नदिने पहिलो उपाय भनेकै गर्मीबाट जोगिनु नै हो । चर्को घाममा ननिस्किने, हल्का पातलो र खुकुलो सुतिको कपडा लगाउने, गुम्सिने, साँघुरो र बाक्ले कपडा प्रयोग नगर्ने उपायहरु आपनाउदा पनि घमौराबाट बच्न सकिन्छ ।

यो समस्याबाट बच्न अब हामीले आफ्नै घरमा पाइने घरेलु उपचार पनि सामाग्री प्रयोग गर्न सक्छौ । त्यसैले घमौराबाट बच्न यी उपाए आपनाउनुहोस् :

घ्युकुमारीको जेल
दिनमा ३ पटक एक–एक चम्चा ध्युकुमारीको जेललाई घमौँरामा लगाई २० मिनेटपछि राख्ने ।

काँक्रा मसाज
एक गिलास पानीमा एउटा कागती र काँक्रालाई पानीमा डुबाएर घमौरा निस्किएको ठाउँमा १० मिनेटसम्म लगाउने ।

नीमको पात
दिनमा एक पटक नीमको २० वा ३० पातलाई एक गिलास पानीमा उमालेर चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउने र २० मिनेटपछि नुहाउने ।

मुल्तानी माटो
२ चम्चा मुल्तानी माटोलाई पानीमा मिलाएर पेस्ट बनाएर घमौरामा लगाउने र आधा घन्टापछि धुने ।

जैतुनको तेल
दिनमा दुई पटक एक–एक चम्चा जैतुनको तेल र मह मिसाएर घमौरामा लगाई २० मिनेटपछि धुने ।

नरिवालको तेल
एक चम्चा नरिवलको तेलमा एउटा कपूर मिसाउने रसम्म घमौरामा लगाएर धुने ।

आइस क्युब
एक प्लास्टिकको झोलामा बरफको डल्लालाई दैनिक १० मिनेटसम्म घमौरा आएको ठाउँमा सेकाउने ।

चन्दन
आधा चम्चा चन्दनको पाउडरलाई एक चम्चा गुलाब चलमा मिलाउने र घमौरा आएको ठाउँमा लगाउने ।