कोरिया भाषा परीक्षामा ९२ हजार परीक्षार्थी सहभागी हुँदै

Newslaya Home

कोरिया भाषा परीक्षामा ९२ हजार परीक्षार्थी सहभागी हुँदै

शुक्रबार २४, जेठ २०७६

काठमाडौं । यो वर्ष ९२ हजारभन्दा बढी कोरिया भाषा परीक्षा सहभागी हुँदैछन् ।गतवर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको हो ।

कोरिया भाषा परीक्षा शनिबार र आइतबार हुँदैछ । ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार यस वर्ष बढेर ९२ हजार ३ सय ७६ पुगेको छ । जसमा पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३ सय ६१ र महिलाको संख्या १४ हजार ९ सय ९५ रहेको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक शोभाकर भण्डारीले कोरिया भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले परीक्षा केन्द्रका लागि विभिन्न ३२ स्थान तोकिएको बताए ।

यस्तै, परीक्षा बिहान १० देखि १०ः५० सम्म र दिउँसो १ः३० देखि २ः२० सम्म हुने भएको छ ।