धोनीको पन्जामा लाग्यो प्रतिबन्ध

Newslaya Home

धोनीको पन्जामा लाग्यो प्रतिबन्ध

शुक्रबार २४, जेठ २०७६

काठमाडौं । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको पन्जामा प्रतिबन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले धोनीले दोस्रोपटक यो पन्जा लगाउन प्रतिबन्ध लगाएको हो । आइसिसीले भारतीय क्रिकेट बोर्डलाई यसका लागि सूचना पठाइसकेको छ । 

विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको खेलमा धोनीले भारतीय सेनाको बलिदान अंकित पञ्जा लगाएका थिए ।

इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटको पहिलो खेलमा भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको पन्जा विशेष चर्चामा रहेको थियो । पन्जामा भारतीय सेनाको (इन्डियन प्यारा स्पेसल फोर्सेस)को प्रतीक चिह्न ‘रेजिमेन्ट ड्यागर’ अंकित थियो ।