कैलालीमा घर र गाडी उडाउने गरी आयो भीषण हावाहुरी, एकको मृत्यु

Newslaya Home

कैलालीमा घर र गाडी उडाउने गरी आयो भीषण हावाहुरी, एकको मृत्यु

बिहीबार २३, जेठ २०७६

कैलाली । बिहीबार साँझ आएको हावाहुरीका कारण कैलालीमा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । हावाहुरी चलेका बेला मोटरसाइकल चलाइरहेका चौधरी टिपरमा ठोक्किएका थिए ।

हावाहुरीमा परी घाइते भएका अन्य ३२ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीको हावाहुरी बर्दिया र दाङतर्फ बढ्ने क्रममा छ । उक्त क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

बिहीबार साँझ पश्चिम तराईका कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ ।

हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने गाडीहरु पनि उडाएको छ ।

बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दाबी छ ।