प्रदेश १ मा अन्तर्राष्ट्रिय एअरपोर्टदेखि कोशी किनार खेतीसम्म (नीति तथा कार्यक्रमको पुरा विवरण)

Newslaya Home

प्रदेश १ मा अन्तर्राष्ट्रिय एअरपोर्टदेखि कोशी किनार खेतीसम्म (नीति तथा कार्यक्रमको पुरा विवरण)

बिहीबार २३, जेठ २०७६

मोरङ । प्रदेश १ ले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

विहीबार प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषिलाई बढी प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममा विराटनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनेदेखि धरान–मूलघाट सुरुङ मार्ग निर्माण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेशस्तरीय लगानी सम्मेलन गर्ने, मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने, न्यूनतम एक सय बिघा जमिनमा जग्गाधनी किसानलाई कृषि कम्पनीमा आबद्ध गरी प्रदेश सरकार समेतको लगानीमा एक नमुना कृषि परियोजना सञ्चालन गरिने योजना छ ।

यस्तै ५ वर्ष भित्रमा प्रदेश मासु, अण्डा र माछामा आत्मनिर्भर बन्ने, एक गाउँपालिका एक अर्गानिक फर्म सञ्चालन गरिने लगायतका योजना समावेश छन् ।

यस्तै कोशी टप्पु क्षेत्रमा नदीले छोडेको झण्डै ५ हजार बिघा सार्वजनिक जग्गालाई बस्तीरहित कृषि भूमिको रुपमा विकास गरी व्यावसायिक खेती गर्न लिजमा उपलब्ध गराउने भएको छ ।