कर नतिर्ने प्रदेश १ का ६६ व्यवसायीको बैंक खाता रोक्का

Newslaya Home

कर नतिर्ने प्रदेश १ का ६६ व्यवसायीको बैंक खाता रोक्का

बिहीबार २३, जेठ २०७६

धरान । सरकारलाई कर नतिर्ने प्रदेश १ का ६६ व्यवसायीको बैंक खाता रोक्का गरिएको छ ।

आन्तरिक राजस्व कार्यालयले समयमा कर नतिर्ने ६६ व्यवसायीको बैंक खाता रोक्का गरेको हो ।

आन्तरीक राजस्व कार्यालय धरानका प्रमुख देवनारायण पौडेलका अनुसार अरु ६६ निर्माण व्यवसायीहरूको भुक्तानी रोक्का गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरिएको छ ।

आन्तरिक राजस्व कार्यालयले पत्र पठाएर र सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर नबुझाएपछि खाता र भुक्तानी रोक्का गर्न पत्राचार गरिएको बताइएको छ ।

यस्तै कर नतिर्ने दुई पेट्रोल पम्पहरूलाई पेट्रोल आपूर्ति गर्न समेत रोक्का गरिएको छ । पेट्रोल पम्प सञ्चालन गरी सरकारलाई कर नतिर्नेमा सुनसरी र धनकुटाका एक एक पेट्रोल पम्प छन् ।

बैंक खाता रोकका र भुक्तानी रोक्का गर्दा पनि व्यवसायीले कर नतिरे चलअचल सम्पत्ति रोक्का गर्ने कार्यालयले चेतावनी दिएको छ ।