इटहरीका मेयरलाई फौजदारी मुद्दा लाउन सांसदको माग

Newslaya Home

इटहरीका मेयरलाई फौजदारी मुद्दा लाउन सांसदको माग

बिहीबार २३, जेठ २०७६

इटहरी । पत्रकारको नाकको हड्डी भाँच्छु भनेर धम्की दिने इटहरीका मेयर द्वारिकालाल चौधरीलाई तत्काल कारवाही गर्न सांसदले माग गरेका छन् ।

नेपाली कांग्रेसकी सांसद सुजाता परियारले संसदमा पत्रकारलाई धम्की दिने मेयरलाई तत्काल कारवाही गरेर राज्य भएको अनुभूति गराउन माग गरेकी छन्

उनले राज्यको चौथौ अंग नै असुरक्षित छ भने अरुको हालत के होला ? करोड खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतन्त्रमा पर्छ? भनेर प्रश्न गरेकी छन् ।

कांग्रेसकै अर्की सांसद हिरा गुरुङले दुईतिहाइको दम्भमा जनतालाई धाक–धम्की दिने, कुटपिट गर्ने र मार्ने कानूनमा छूट छ भनेर प्रश्न गरेकी छन् । मेयरमाथि फौजदारी अपराध अन्तर्गत अभियोग लगाएर तत्काल कारवाही प्रक्रिया अगाडि बढाउन उनले सरकार समक्ष माग गरेकी छन् ।