यस्तो देखियो आकाशको एक्स रे

Newslaya Home

यस्तो देखियो आकाशको एक्स रे

बिहीबार २३, जेठ २०७६

एजेन्सी । रातको समयमा एक्सरे । तर मानिसको होइन, आकाशको ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष विभाग, नासाले हालै आकाशको एक्सरेको तस्वीर सार्वजानिक गरेको छ । जहाँ कुनै ट्राफिकमा फसेका सवारीहरु जस्तो आकृती देखिन्छ ।

‘इन्टरनेस्नल स्पेस स्टेसन’ बाट ब्रह्माण्डका विभिन्न श्रोतहरु निरीक्षण गर्ने ‘न्युट्रोन स्टार इन्टेरियर कम्पोजिसन एक्सप्लोरर’, नाइसरले सो तस्बिर निकै अनौठो देखिन्छ ।

नाइसर प्रत्येक ९३ मिनेटमा पृथ्वी वरपर घुम्ने गर्दछ र रातिको समयमा श्रोतहरु ट्रयाक गर्ने गरेको छ । यसरी उक्त तस्बिर नाइसरको २२ महिनाको उपलब्धि हो । महिनौँसम्म रातिको समयमा गरिएको निगरानी र डाटा संकलनपछि नै सो तस्बिर प्राप्त गर्न सफल भएको नासाको भनाइ छ ।

२०१७ मा मात्र पहिलोपटक दुईवटा न्युट्रोन स्टार एकआपसमा टक्राइरहेको बारे जानकारी हासिल गरिएको थियो । न्युट्रोन स्टार ब्रह्माण्डका सबैभन्दा साना तारा हुन् जसको डाएमिटर सिकागो शहरको क्षेत्रफल समान हुन्छ तर तिनीहरु भित्र हाम्रो सूर्य भन्दा धेरै तत्व हुने गर्दछन् ।