२४ घण्टा नबित्दै धरानमा फेरी छुरा प्रहार, एक गम्भीर घाइते

Newslaya Home

२४ घण्टा नबित्दै धरानमा फेरी छुरा प्रहार, एक गम्भीर घाइते

मङ्गलबार २१, जेठ २०७६

धरान । मंगलबार धरानमा एक युवकमाथि अज्ञात समुहले छुरा प्रहार गरेको छ । धरान १० निवासी सन्दिप राईमाथी छुरा प्रहार भएको हो ।

राती करिब साढे ७ बजेको समयमा धरानको ब्यस्त बजारमै राई माथी छुरा प्रहार भएको धरान प्रहरीले जानकारी दिएको छ ।

धरान १० स्थित सब्जी बजार मा भएको छुरा प्रहारबाट राईको छातीको दाहिने भागमा गहिरो चोट लागेको छ । उनको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिघ्यान प्रतिष्ठान मा उपचार भैरहेको छ ।

पछिल्लो समय धरानमा अपराधिक क्रियाकलापहरु बढ्न थालेको छ । केही दिनअघि गोलि प्रहार गरि लुट्पाट गरेको घटना सेलाउन नपाउदै सोमबार छुरा प्रहारको घटना भएको थियो । त्यसको २४ घन्टा नबित्दै अर्का युवकमाथि छुरा प्रहार भएको हो ।