अन्धोपनको कारण बन्दै आएको एउटा रुख

Newslaya Home

अन्धोपनको कारण बन्दै आएको एउटा रुख

सोमबार २०, जेठ २०७६

काठमाण्डौ । भारतको ‘टिल्टेपक’ गाउँका सबै मानिसहरु आखाँ देख्दैनन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु जन्मदेखि अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै विस्तारै उनीहरुको आखाँको ज्योती गुम्न थाल्छ । तर, यो के कारणले भएको हो कसैलाई पनि थाहा छैन ।

यहाँका मानिसहरुले भने एउटा रुखलाई अन्धोपनको कारण मान्दै आएका छन् । उक्त गाउँमा भएको ‘लावजुएजा’ को रुखलाई हेर्दाहेर्दै अन्धो भएको उनीहरु बताउँछन् ।

गाउँलेले अन्धोपनको कारण रुखलाई भनेपनि वैज्ञानिकले उक्त गाउँमा भएको अन्धोपनको कारण झिँगा भएको पत्ता लगाएका छन् । झिँगाले मानिसलाई टोकेपछि त्यसको सीधा असर आखाँमा पर्ने भएकाले विस्तारै आखाँमा असर पर्दै गएर उनीहरुले आखाँको ज्योती गुमाउँछन् ।

उक्त गाउँका मानिसहरु मात्र होइनन् पशु–पन्छी पनि आखाँ देख्दैनन् । यो गाउँमा पन्छिहरु उडेको देख्न पाइदैन किनकी चरा उड्न खोजेपछि कतै ठक्कर खाएर खस्छन् र धेरै बाँच्दैनन् ।