इटहरीमा १२ करोडको लगानीमा ‘होटल इन टुरिस्ट प्यालेस’ सञ्चालनमा

Newslaya Home

इटहरीमा १२ करोडको लगानीमा ‘होटल इन टुरिस्ट प्यालेस’ सञ्चालनमा

सोमबार २०, जेठ २०७६

इटहरी । इटहरीमा १२ करोडको लगानीमा ‘होटल इन टुरिस्ट प्यालेस’ सञ्चालनमा आएको छ । होटलको आइतवार संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटाले उद्घाटन गरेका हुन् ।

होटलका सीईओ जीवन पराजुलीका अनुसार प्रदेश नम्बर १ का धार्मिक तथा अन्य पर्यटकीय क्षेत्रमा आउने आगन्तुकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । पर्यटकको सुविधायुक्त आवासका लागि होटल सञ्चालनमा ल्याइएको उनले बताए ।

होटलका अर्का अध्यक्ष ईश्वरी पराजुलीका अनुसार प्यालेसमा २३ ओटा कोठा, सेमिनार हल र पार्किङ लगायतका सुविधा रहेको छ ।

कार्यक्रममा कानून मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रोहित प्रसाईं, प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेल, व्यवसायी टंक दुलाल, पर्यटन व्यवसायी सुनील भूषाल लगायतले होटलको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।