विश्वभर करीब १ अर्ब ६७ करोड वेबसाइट

Newslaya Home

विश्वभर करीब १ अर्ब ६७ करोड वेबसाइट

सोमबार २०, जेठ २०७६

काठमाडौं । विश्वभर १ अर्व १ अर्ब ६७ करोड ८० लाख वेबसाइट भएको पाइएको छ ।
गत जनवरीको एक तथ्यांकअनुसार विश्वभर १ अर्ब ५१ करोड ८२ लाख वेबसाइट थिए । अहिले यो संख्या बढेर १ अर्ब ६७ करोड ८० लाखको हाराहारीमा पुगेको अनुमान गरिएको हो ।

सन् २०१४ को सेप्टेम्बरमा विश्वमा वेबसाइटको संख्या पहिलोपटक १ अर्ब पार भएको थियो । सन् २०१७ मा यो संख्या बढेर १ अर्ब ७५ करोड नाघेको थियो । गतवर्ष भने वेबसाइटको संख्या केही घटेको इन्टरनेट सेवा प्रदायक कम्पनी नेटक्राफ्टले जनाएको छ ।

अहिले डेढ अर्बभन्दा बढी वेबसाइट भए पनि सबै वेबसाइट सक्रिय भने छैनन् । ८५ प्रतिशत भन्दा बढी वेबसाइट सक्रिय छैनन्, अर्थात् अहिले १० देखि १५ प्रतिशत वेबसाइट मात्र सक्रिय छन् ।

पछिल्लो उपलब्ध भएको तथ्यांकअनुसार विश्वभर करीब ३ अर्ब ५८ करोड इन्टरनेट प्रयोगकर्ता छन् । सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता चीनमा छन् । चीनमा १ अर्बभन्दा बढी मानिसले इन्टरनेटको प्रयोग गर्छन् । चीनको समग्र जनसंख्याको तुलनामा यो २५ प्रतिशतभन्दा बढी हो