स्वेच्छा बस्नेत भइन् मिस एसइइ इटहरी

Newslaya Home

स्वेच्छा बस्नेत भइन् मिस एसइइ इटहरी

आइतबार १९, जेठ २०७६

इटहरी । स्वेच्छा बस्नेत सुनसरीको इटहरीमा जारी मिस एसइइ इटहरी २०१९ घोषित भएकी छिन् । नेक्स्ट् डोर इभेन्ट प्रालिले आयोजना गरेको मिस एसइइ इटहरी प्रतियोगिताको शनिबार राती सम्पन्न फाइनलमा उनले यो सिजनको टाइटल जितेकी हुन् ।

टाइटलसँगै बस्नेतले नमुना कलेज इटहरीमा पूर्ण छात्रवृत्ती पाएकी छिन् । यस्तै ह्वाइट हाउस इन्टरनेशनल इन्स्टिच्युटबाट एक लाख रुपैया पाएकी छिन् । यस्तै इटहरीको सेन्ट्रल फेसन हबले फेसन डिजाइन पढ्नको लागि पूर्ण छात्रवृत्ती दिएको छ ।

यस्तै प्रतियोगिताको फस्र्ट रनरअप प्रितिशा घिमिरे घोषित भइन् भने सेकेण्ड रनरअप जेनिशा ढकाल घोषित भइन् । प्रितिशाले ह्वाइट हाउस इन्टरनेशनल इन्स्टिच्युटबाट २५ हजार रुपैया पाएकी छिन् ।

तीनै विजेताले मार्टिना मेकअप स्टुडियोबाट एक साताको मेकअप तालिम पाउने भएका छन् ।

यस्तै फेस अफ ग्लोबल ड्रिम्स टाइटल विजेता ऋतु श्रेष्ठले डिजिटल मार्केटिङ तालिम निःशुल्क लिन पाउनेछिन् । तालिमपछि उनले ग्लोबल ड्रिम्समा रोजगारसमेत पाउनेछिन् ।

स्वेच्छाले मिस फोटोजेनिकको टाइटलसमेत जितेकी छिन् । मिस ट्यालेन्टको उपाधि दिक्षा कट्वालले जितिन् भने मिस इन्टलेक्चुअलको टाइटल दीपज्योति खत्रीले जितिन् । बेस्ट वाकमा प्रतिष्ठा सुब्बा, बेस्ट फिजिक्समा अनुजा बस्नेत, मिस पब्लिक च्वाइसमा परिना प्रधान, मिस पर्सनालिटिमा पुस्पा कार्की, मिस पपुलरमा प्रगती पाण्डे, बेस्ट स्कीनमा प्रश्ना तिम्सिना, मिस डिसिप्लिनमा शारदा बजगाईँ, मिस ग्लामरमा जेनिशा ढकाल सर्वोत्कृष्ट भएका छन् ।

इटहरी ७ मा रहेको शान्ती पार्टी प्यालेसमा आयोजना भएको प्रतियोगितामा दर्शक तथा युवाहरुको बाक्लो उपस्थितीका बिच फाइनल प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रम भव्य रुपमा सफल भएको इभेन्ट निर्देशक सरोज श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रमको व्यवस्थापन भने ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रालिले गरेको थियो । यो कम्पनिले पूर्वमा ठूला साना दर्जनौं इभेन्ट तथा म्युजिकल कार्यक्रमको व्यवस्थापन गरिसकेको छ ।