दमकमा मृत भेटिएका खतिवडा भन्थे, ‘मलाई मार्ने धम्की आइरहेको छ’

Newslaya Home

दमकमा मृत भेटिएका खतिवडा भन्थे, ‘मलाई मार्ने धम्की आइरहेको छ’

शनिबार १८, जेठ २०७६

दमक । दमकको गेष्ट हाउसमा मृत भेटिएका दिपु खतिवडाले आफूलाई केही दिनदेखि मार्ने धम्की आइरहेको बताउने गरेको उनका केही निकटस्थहरुले जानकारी दिएका छन् ।

उनले कसले र किन मार्ने धम्की दियो भन्ने विषयमा भने केही भनेनन् । तर मार्ने धम्की आइरहेको र निकै डर लागेको बताउने गरेका थिए ।

दीपुको केही व्यक्तिसँग आर्थिक लेनदेनको विषयमा विवाद रहेको बुझिएको छ । यस्तै प्रेम प्रसंगका कारण पनि उनी पछिल्लो समय तनावमा देखिएको बताइएको छ ।

उनी दमकको होटल पाथीभरा एण्ड गेष्ट हाउसमा डोरीको पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।