विराटनगरका खतिवडा दमकको गेष्टहाउसमा मृत फेला

Newslaya Home

विराटनगरका खतिवडा दमकको गेष्टहाउसमा मृत फेला

शनिबार १८, जेठ २०७६

दमक । झापाको दमकस्थित एक गेष्टहाउसमा विराटनगरका युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

दमकको होटल पाथीभरा एण्ड गेष्ट हाउसमा विराटनगर घर भएका अन्दाजी २५ बर्षिय देखिने दिपु खतिवडा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

७ नम्बर कोठामा राती खाना खाएर सुतेका खतिवडालाई शनिबार विहान खाना खान उठाउन खोज्दा मृत अवस्थामा भेटिएका होटल सञ्चालक राजन दंगालले वताए ।

औषधी कम्पन्नीका प्रतिनिधि एमआर समेत रहेका खतिवडा हिजो शुक्रवार को.३६ प.५२७८ को मोटरसाईकलमा एक्लै गेष्टहाउसमा आएका सञ्चालक दंगालले जानकारी दिए ।

घटनाका बारेमा थप अनुन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।

दमकमा मृत भेटिएका खतिवडा भन्थे, ‘मलाई मार्ने धम्की आइरहेको छ’