इटहरीमा निजी क्षेत्रकै ठूलो धुलो दुध उद्योग बन्दै

Newslaya Home

इटहरीमा निजी क्षेत्रकै ठूलो धुलो दुध उद्योग बन्दै

शनिबार १८, जेठ २०७६

इटहरी । इटहरीमा धुलो दुध उद्योग बन्ने भएको छ । इटहरी १ आँपगाछीमा बन्न लागेको यो उद्योगको शिलान्यास प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।

सगरमाथा मिल्क पाउडर प्लाण्ट नाम दिइएको उद्योग कामधेनु दुग्ध सहकारी संस्थाले बनाउन लागेको हो, जसमा प्रदेश सरकारको समेत सहयोग रहेको छ ।

प्रदेश नम्बर १ मा मिल्क होलिडे समाप्त पार्न प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएको हो । प्रदेश नम्बर १ मा प्रत्येक दिन खेर गइरहेको भनिएको ५० हजार लिटर दूधलाई धूलो दूध बनाउन तरहरास्थित कामधेनु सहकारीले पाउडर प्लान्ट उद्योगको शिलान्यास गरेको हो ।

कामधेनुले कुल २८ करोड ६१ लाख २३ हजारको लागतमा पाउडर प्लान्टको स्थापना गरिरहेको छ ।

दैनिक ५० हजार लिटर दूध प्रशोधन गर्ने क्षमताको प्लान्ट लगाउन लागिएको कामधेनुका अध्यक्ष बाबुराम दाहालले बताए । कामधेनुमा उत्पादित धूलो दूधको बजार प्रदेश १, २ र ३ सम्म भएको दाहालले बताए ।

सगरमाथा मिल्क पाउडर प्लाण्ट नाम दिइएको उद्योगले दुई वर्षपछि किसानबाट उचित मूल्यमा दूध खरिद गरी ‘मिल्क होलिडे’ अन्त्य गर्ने लक्ष्य राखेको छ ।