चिउरा अड्किएर मोरंगको स्कुलमा बालकको ज्यान गयो

Newslaya Home

चिउरा अड्किएर मोरंगको स्कुलमा बालकको ज्यान गयो

शनिबार १८, जेठ २०७६

विराटनगर । स्वास नलीमा चिउरा अड्किएर मोरंगमा ११ वर्षिय बालकको ज्यान गएको छ । कक्षा ३ मा अध्ययनरत आर्यन माझीको स्कुलमै मृत्यु भएको हो ।

मोरङको कानेपोखरी गाउँपालिका–५ को मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत माझी दिउँसो टिफिनमा खाजा खाएपछि बिरामी परेका थिए ।

आर्यनले टाउको दुख्यो भन्दै बान्ता गरेपछि शिक्षकले अफिसमा लगेका थिए । त्यहाँ पनि उनले पटकपटक बान्ता गरे ।

लगत्तै फ्लेक्जोन खुवाएर कक्षामा पसेका शिक्षक फर्केर आउँदा आर्यन बेहोस भइसकेका थिए । तत्कालै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएका माझीलाई अस्पतालले मृत घोषणा गरेकोथियो ।

माझी मावलमा बसेर पढ्दै आएका थिए । उनका बुबा सम्पर्कबिहीन छन् भने आमा वैदेशिक रोजगारीको सिलसिलामा इराकमा छिन् ।

प्रहरीले बच्चाको मृत्युको विषयमा अनुसन्धान थालेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने बताए ।