धुर्मुस सुन्तलीले बनाइरहेको क्रिकेट रंगशालाको निर्माण फेरी सुरु हुने, यस्तो भयो सहमती

Newslaya Home

धुर्मुस सुन्तलीले बनाइरहेको क्रिकेट रंगशालाको निर्माण फेरी सुरु हुने, यस्तो भयो सहमती

शनिबार १८, जेठ २०७६

चितवन । निर्माण रोकिएको क्रिकेट रंगशाला फेरि निर्माण सुरु गरिने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशाला निर्माणको काम सुरु गर्ने विषयमा शुक्रबार सहमती भएपछि शनिबारदेखि फेरी काम सुरु हुने भएको हो ।

स्थानीय टोल विकास संस्थाहरुले सुरक्षा दिने भएपछि रंगशालाको निर्माण कार्य फेरि सुरू हुने भएको छ ।

स्थानीय पाँच वटा टोल विकास संस्थाहरुले निर्माण कार्य सुरू गर्न धुर्मुस सुन्तली फाउन्डेसनलाई आग्रह गरेका छन् । भत्किएको पर्खाल स्थानीय र टोल विकास संस्था मिलेर उठाउने सहमति भएको छ ।

शान्तिदीप टोल विकास संस्थाका मीनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मीनबहादुर बस्नेत, रामपुर टोल विकास संस्था रिता बस्ताकोटी, प्रकृति टोल विकास संस्थाका रामचन्द्र बस्ताकोटी, राधाकृष्ण टोल विकास संस्थाका सुशील लामाद्वारा जारी गरिएको विज्ञप्तिमा रंगशाला पुनः बनाउने सहमति भएको हो ।

सहमती भए संगै सनिवार बिहान ७ बजे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेत्रित्वमा चितवनका राजनितिक दल ,नागरिक समाज ,पत्रकार कर्मचारी स्थानिय तथा आम सर्बसाधाहरणको सहभगितामा भत्किएका संरचना निर्माकासाथै बृहद जन सहभागिताका साथ निर्माण कार्य थालिने भएको छ ।

बाटो विस्तार गर्ने विषयमा स्थानीयहरुले विवाद गरेका थिए । आफूहरुको माग पटक पटक राख्दा पनि सुनुवाई नभएपछि टिनको बेरा भत्काएको स्थानियले बताएका छन् ।