गणतन्त्र दिवसको उपलक्ष्यमा झापा कारागारबाट २३ जना कैदमुक्त

Newslaya Home

गणतन्त्र दिवसको उपलक्ष्यमा झापा कारागारबाट २३ जना कैदमुक्त

शुक्रबार १७, जेठ २०७६

भद्रपुर । झापा कारागारमा रहेका २३ जना बन्दीहरू कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा एक महिला र २२ जना पुरुष कारागारमुक्त भएको झापा कारागार कार्यालयले जनाएको छ ।

राज्यले तोकेको नौ वटा मुद्दामा नपरेको, असल चालचलन भएको, पचास प्रतिशत कैद भुक्तान गरिसकेको, अदालतले तोकेको क्षतिपूर्ति, बिगो र जरिवाना बुझाइसकेका व्यक्ति कारागारमुक्त भएको कारागारले जनाएको छ ।

कारागारमा महिला एक सय एक जना र पुरुष एक हजार २४ जना रहेका छन् ।