विराटनगर–इटहरी मेगासिटी बन्ने, यसरी जोडिदैछन् दुइ शहर

Newslaya Home

विराटनगर–इटहरी मेगासिटी बन्ने, यसरी जोडिदैछन् दुइ शहर

बिहीबार १६, जेठ २०७६

इटहरी । सरकारले विराटनगर–इटहरीलाई समेटेर मेगासिटी बनाउने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा यो विषय समेटिएको हो । यी दुई सहरबाहेक सिमरा, नेपालगन्ज, धनगढीको अत्तरियालगायतका सहरलाई मेगासिटी बनाउने योजना आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत् घोषणा गरिएको छ ।

यसअघि नै इटहरी, विराटनगरलगायत शहरहरुलाई समेटेर प्रदेश सरकारले बृहत् विराटक्षेत्र बनाउने निर्णय गरिसकेको छ । सरकारले नीती तथा कार्यक्रममै यो विषय समेटेपछी इटहरी र विराटनगर आगामी वर्षहरुमा जोडिने सम्भावना पक्का भएको छ । 

यतिखेर रानी–धरान कोशी राजमार्ग फराकिलो भैरहेको छ । यातायातका साधनको सहज आवतजावतका कारण इटहरी र विराटनगरबिच आवतजावत गर्दा लाग्ने समय घट्ने पक्का छ । त्यसमाथी यही राजमार्गमै मोनोरेल सन्चालन गर्ने विषयमा अध्ययन र तयारी भैरहेको छ ।

यस्तै दुबै शहर आपसमा नजिक रहेका पुर्वका ठुला शहर भएकोले पनि सरकारी तथा निजि क्षेत्रले यो क्षेत्रमा बनाउने योजनामा दुबै ठाउँलाई समेट्न थालिसकेकोले पनि दुबै शहर एउटै भएर जाने सम्भावना धेरै छ ।

सरकारले हुलाकी राजमार्गमा २७ वटा आधुनिक सहरसमेत विकास गर्ने भएको छ । सुरक्षित तथा विकसित आवासका लागि सुविधा सम्पन्न सहर विकास गर्न सरकारले १ अर्ब ८५ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ  ।

राजमार्गमा ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण सहर विकास र संरक्षण गरिने बजेटमा उल्लेख छ ।