धरान दुर्घटनाका थप एक जना घाइतेको मृत्यु

Newslaya Home

धरान दुर्घटनाका थप एक जना घाइतेको मृत्यु

बुधबार १५, जेठ २०७६

धरान । गत चैतको अन्तीम साता धरानमा भएको भयानक दुर्घटनामा परेर घाइते एक जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएर उपचाररत् पाँचथरको मिक्लाजुङ गाउँपालिका ८ का ५२ बर्षीय नरबहादुर परियारको मृत्यु भएको हो । उनको मृत्युसँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ ।

लिम्बुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचार भइरहेको थियो । उनको एउटा आँखा फुटेको थियो भने टाउकोमा गम्भीर चोट थियो ।

सोही दुर्घटनामा गम्भीर घाइते ७ बर्षीय भुमिका लिम्बूको काठमाण्डौंमा उपचार भइरहेको छ ।

धनकुटाबाट धरान आउदै गरेको बस ब्रेक फेल भएर सो दिन दुर्घटना भएको थियो । जिरोपोइन्टमा रहेको टेलिकम र विजुलीको पोलमा ठोक्काएर जोगाउन खोज्दा बस पल्टिएको थियो ।