क्रुर आमा जसले तीन वर्षिया छोरालाई अचानोमा राखेर टाउको छिनाइन्

Newslaya Home

क्रुर आमा जसले तीन वर्षिया छोरालाई अचानोमा राखेर टाउको छिनाइन्

मङ्गलबार १४, जेठ २०७६

भोजपुर । भोजपुरमा एक जना महिलाले आफ्नै तीन वर्षीय छोराको हत्या गरेकी छन् । तीन वर्षिया छोराको शव जिउ र टाउको अलग अलग पाइएको छ ।

उनकी आफ्नै आमाले अचानोमा राखेर छोराको घाँटीमा खुकुरीले हानेर दुई टुक्रा बनाएकी हुन् । ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुरको बासीखोरा घर भई भोजपुर–९ पानीट्याङकी बस्ने २५ वर्षीया सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

थापाले बालकलाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीले बताएको छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । प्रहरीले उनीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।