सुनसरीमा फेरीए एसपी

Newslaya Home

सुनसरीमा फेरीए एसपी

मङ्गलबार १४, जेठ २०७६

इटहरी । सुनसरीका एसपी राजन अधिकारीको सरुवा भएको छ । सुनसरीका नयाँ एसपीका रुपमा यज्ञ बिनोद पोखरेल आउने भएका छन् ।

पोखरेल प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार प्रसार शाखा नक्साल काठमाण्डौंबाट प्रहरी प्रमुखका रुपमा सुनसरी आउन लागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सरुवा भएका अधिकारीको नयाँ दरबन्दी प्रहरी प्रधान कार्यालय मानव अधिकार उल्लंघन अनुगमन ईकाइ नक्साल काठमाण्डौं कायम गरिएको छ ।

सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन्।