भारतबाट जानकी मन्दिर लुट्न आएका आठ जना डाँका पक्राउ

Newslaya Home

भारतबाट जानकी मन्दिर लुट्न आएका आठ जना डाँका पक्राउ

बिहीबार ०९, जेठ २०७६

जनकपुरधाम । भारतबाट हतियारसहित जानकी मन्दिर लुट्न जनकपुर आएका आठ डाँका पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त डाँकाहरुलाई पक्राउ गरेको हो ।

जानकी विहारका महन्त नारायण शरणको नगद र मन्दिरको सुनचाँदीलगायतका गरगहना डकैती गरी लुटी लैजाने उद्देश्यले भारत विहारबाट डाँकाअरु आएको प्रहरीले जनाएको छ ।

भारतीय नंं. प्लेटको दुई वटा मोटरसाइकल र एक स्कुटरमा आठ जनाको आपराधिक समूह हातहतियारसहित स्थानीय होटलमा बसी रातिको समयमा डकैति गर्दैछन् सुचनाका आधारमा प्रहरीले डाँकालाई घेरा हाली नियन्त्रणमा लिइएको जनाइएको छ ।

घटनास्थलबाट दुई राउण्ड गोली लोड गरिएको पेस्तोल एक नाल, दुई राउण्ड एसएलआरको गोली, कटुवा पेस्तोल एक नाल, खुकरी एक थान, भारतीय नं प्लेटको स्कुटर थान एक र मोटरसाइकल थान दुईसमेत बरामद गरिएको जनाइएको छ ।